८ वैशाख २०८१ शनिबार
खेल

काठमाडौंमा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै

प्रतियाेगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः नागरिक

काठमाडौं– साउन ३ र ४ गते बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनस संघको तत्वावधानमा दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघले प्रतियोगिता गर्न लागेको हो।

हरेक वर्ष हुने सो प्रतियोगिता नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो। प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको आयोजकले जनाएको छ। प्रतियोगिता प्रज्ञा भवन, कमलादीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुन गइरहेको छ।

आयोजकका अनुसार दक्षिण एसियाली मुलुकहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी एक सय ३० जनाको सहभागिता रहनेछ।

यस्तै प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवम् यस विधाअन्तर्गत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरू र पाँच अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ।

प्रकाशित: २८ असार २०७६ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App