८ वैशाख २०८१ शनिबार
खेल

आज पनि वर्षाले खेल अवरुद्ध भए न्युजिल्याण्ड र भारतमा को फाइनलमा पुग्छ?

काठमाडौं– इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाले अवरुद्ध न्युजिल्याण्ड र भारतबीचको पहिलो सेमीफाइनल खेल बुधबार हुँदैछ। न्युजिल्याण्डले मंगलबार म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा करिब साँढे ४ घण्टा वर्षा भएको थियो। 

वर्षाले खेल प्रभावित भएपछि अम्पायरले बाँकी खेल ‘रिजर्भ डे’ नियमका आधारमा आज गराउने निर्णय लिएका थिए। ‘रिजर्भ डे’ भन्नाले जहाँ खेल रोकिएको छ त्यहीँबाट सुरु गर्ने नियम हो। अब न्युजिल्याण्डले रिजर्भ डेका आधारमा आज ४६.२ ओभरबाट खेल सुरु गरेर आफ्नो ब्याटिङ पुरा गर्नेछ। 

सञ्चारमाध्यमका अनुसार म्यानचेस्टरमा आज पनि वर्षा हुने ६५ प्रतिशत सम्भावना छ। यदि आज वर्षा भएमा आइसिसीले ओभर घटाउन सक्छ। डकवर्थ लुइस नियमका आधारमा भारतलाई ओभर घटाएर लक्ष्य दिइनेछ। 

तर, लगातार पानी परेमा भने लिग चरणको अंकका आधारमा भारत फाइनलमा प्रवेश गर्नेछ। किनभने भारत शीर्ष स्थानमा छ। न्युजिल्याण्ड चौथो स्थानमा छ। खेल भएको अवस्थामा रोस टेलर र टोम लाथम क्रिजमा हुनेछन्। न्युजिल्याण्डले २५० भन्दा बढीको स्कोर बनाउन सक्छ। 

प्रकाशित: २५ असार २०७६ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App