१५ चैत्र २०८० बिहीबार
खेल

हङकङलाई हराउँदै नेपाल एसिया कपका लागि छनोट

काठमाडौं - नेपालले यू–१९ एसिया कप छनोटको फाइनलमा हङकङलाई पराजित गरेको छ। मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो। ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए।

पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए। खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए। यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो।

 

 

प्रकाशित: २४ असार २०७६ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App