६ वैशाख २०८१ बिहीबार
खेल

आकाशमा ब्यानर युद्ध

लिड्स – लिगचरणको अन्तिम खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्दा सेमिफाइनल होडबाट बाहिरिसकेको श्रीलंकाले ब्याटिङ गर्ने निर्णय ग¥यो । खेल सुरु पनि भयो । तर केही मिनेटमा अनौठो दृष्य आकाशमा देखियो ।

कुनै पनि पहिचान नभएको विमान एउटा ब्यानर बोकेर उडिरहेको दृश्य सबैको नजरमा प¥यो । उक्त दृश्यले सबैको नजरलाई केन्द्रित ग¥यो । विमानले बोकेको ब्यानरमा ‘जस्टिस फर कास्मिर’ लेखिएको प्रस्ट देखिन्थ्यो । उक्त ब्यानरसहित आकाशमा उडिरहेको विमान श्रीलंका र भारतबीचको खेल भइरहेको मैदानमाथिबाट उडिरहँदा सबैको ध्यान खिचेको थियो । त्यसको आधा घण्टापछि पनि सोही दृश्य दोहोरियो तर फरक ब्यानरमा । दोस्रो ब्यानरमा ‘इन्डिया स्टप जेनोसाइड, फ्री कास्मिर’ लेखिएको थियो ।

यो दृश्य जारी विश्वकपमा पहिलो भने होइन । यसअघि १० दिन पहिले अफगानिस्तान र पाकिस्तानबीचको खेलमा पनि यस्तै ब्यानर बोकेर उडिरहेको विमान उडेको थियो । उक्त ब्यानरमा ‘जस्टिस फर बलुचिस्तान’ लेखिएको थियो । तर त्यो विमानमा कुनै पनि पहिचान थिएन । सोही दृश्यपछि अफगानिस्तान र पाकिस्तानका समर्थकबीच

सामान्य होहल्ला पनि भएको थियो । त्यसपछि केही समर्थकलाई सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीले निक्र्योल गर्दै बाहिर पठाएका थिए ।
‘हामी निकै दुखी भएका छौं । १० दिनअगाडि जे दृश्य देखिएको थियो । सोही दृश्य आज पनि दोहोरिएको छ । हामीले यो खेलमा कुनै पनि राजनीतिक गन्ध दिन चाहेका छैनौं,’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

उत्तरी इङ्ल्यान्डको योर्कसायरमा पाकिस्तानी मूलका अधिकांश जनसंख्या रहेको छ । पाकिस्तान विश्वकपको अन्तिम चारको होडबाट बाहिरिएपछि केही अस्वाभाविक क्रियाकलाप रोक्न पुलिस तैनाथ गरिएको थियो । तर त्यस क्षेत्रका स्थानीय बासिन्दाले पुलिससँगको सहकार्यमा सुरक्षाको विषयमा सहयोग गरेका थिए ।

‘प्रतियोगिता अवधिभर हामीले स्थानीय र सुरक्षा निकायसँग हातेमालो गर्दै सुरक्षा प्रबन्ध मिलाउने सहकार्य गरेका थियौं । तर पहिलो दिनको घटनापछि आशंका लागेर नदोहो¥याउन भनेका थियौं । यो घटनाले हामीलाई दुखी बनाएको छ,’ आसिसीको  विज्ञप्तिमा उल्लेख गरेको छ ।

शीर्ष चारभित्र पर्न पाकिस्तान अन्तिम समयसम्म संघर्ष गरे पनि रनरेटको आधरमा बिदाइ भएको थियो । भारत आयोजक इङ्ल्यान्डसँग पराजित हुँदा पाकिस्तानको सेमिफाइनल यात्रा कमजोर बनेको थियो । सोही कारण पनि कतिपयले भारत पाकिस्तानलाई शीर्ष चारमा पर्न नदिन हारको पनि चर्चा गरेका थिए । भारत र पाकिस्तानको राजनीतिक टकराव भइरहेको बेला यी दुई देशको खेलमा यो दृश्य देखिएको हो । जारी विश्वकपमा पाकिस्तान सेमिफाइनल होडबाट बाहिरिसकेको छ भने भारत अन्तिम चारमा प्रवेश गरिसकेको छ ।  
 

प्रकाशित: २३ असार २०७६ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App