७ वैशाख २०८१ शुक्रबार
खेल

राप्रपा अध्यक्ष थापा सेमिफाइनलमा

टेनिस प्रतिस्पर्धाका लागि तयारी गर्दै राप्रपा अध्यक्ष थापा । तस्बिरः थापाकाे फेसबुक वालबाट ।

काठमाडौं – भुटानमा जारी पाँचौं संस्करणको भुटान–भारतमैत्री टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार भएको क्वार्टरफाइनल खेलमा नेपाली भेट्रान्स टेनिस खेलाडी थापाले भुटानका लुडे जामत्सोलाई ६–२, ६–३ को सोझो सेटमा हराएका हुन्।

थापाले ४५ वर्षमाथिको एकल प्रतिस्पर्धामा जामत्सोलाई हराएको राप्रपा सूचना प्रविधि विभागका सदस्य सचिव श्रीधर सुवेदीले जानकारी दिए।

प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीको सहभागिता छ। प्रतियोगितामा मेन्स सिंगल्स, लेडिज सिंगल्स, ४५ वर्षमाथि समूहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन् ।

प्रकाशित: २० असार २०७६ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App