७ वैशाख २०८१ शुक्रबार
खेल

इङ्ल्यान्ड सेमिफाइलमा

लन्डन – न्युजिल्यान्डलाई १ सय १९ रनले हराउँदै आयोजक इङ्ल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोलीलाई हराएसँगै इङ्ल्यान्ड अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । यस अघि अस्ट्रेलिया र भारतले सेमिफाइलनमा स्थान सुरक्षित गरिसकेका छन् । योसँगै अन्तिम चारमा स्थान बनाउनका लागि दुई टोली पाकिस्तान र न्युजिल्यान्ड होड रोमाञ्चक मोडमा पुगेको छ । पाकिस्तानको अन्तिम खेल बंगलादेशसँग बाँकी छ।

अन्तिम चारमा पुग्न पाकिस्तानलाई भारी अन्तरको जित आवश्यक पर्ने भएको छ । पाकिस्तानले बंगलादेशलाई कम्तीमा पनि ३ सय १६ रनको अन्तरले हराउँदा रनरेटको आधारमा पाकिस्तान अन्तिम चारमा प्रवेश गर्नेछ । यदि पाकिस्तान यो नतिजा निकाल्न असफल भएमा न्युजिल्यान्डको अन्तिम चारको ढोका खुल्नेछ । अन्तिम चारमा स्थान बनाउनका लागि गर या मरको अवस्थामा रहेका दुवै टोलीले आक्रामक खेलेका थिए । आयोजक इङ्लिस टोलीले निर्धारित ओभरको समाप्तिमा ८ विकेट गुमाएर दिएको ३ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा किवि टोलीले ४५ ओभरमा सबै विकेट गुमाउँदा १ सय ८६ रन जोड्न सक्यो ।

इङ्ल्यान्डका बलर सामु न्युजिल्यान्ड खुलेर खेल्न सकेन । टम लाथमले सर्वाधिक ५७ रनको इनिङ खेले पनि न्युजिल्यान्डको हारलाई टार्न सकेनन् । यस्तै, अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन आएका केन विलियम्सनको पनि जादु चल्न सकेन । उनी २७ रनमा रनआउट हुँदा किवि टोलीको इनिङ धरापमा परेको थियो । यस अघि ओपनर मार्टिन गुप्टिल ८ तथा हेनरी निकोलस शुन्यमा पवेलियन फर्किएका थिए । रोस टेलर पनि २८ रनमा रन आउट हुँदा न्युजिल्यान्डको टोली झन संकटमा परेको थियो । जेम्स निसम मार्क उडको बलमा बोल्ड हुँदै पवेलियन फर्किंदा मिचेल सान्टनर १२ रनमा उडकै बलममा एलबिडब्लूको शिकार बने ।

यस्तै बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा बनाउन सकेनन् । पाहुना टोली न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा घरेलु दर्शकको साथ पाएको इङ्ल्यान्डका मार्क उडले सर्वाधिक ३ विकेट हात पार्दा क्रिस ओक्स, जोफ्रा आर्चर, लइम प्लङ्केट, अदिल रासिद र बेन स्टोक्सले एक÷एक विकेट लिए । यस अघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रनको योगफल खडा गरेको थियो । इङ्ल्यान्डका ओपनर जोनी बेयरस्टोले सर्वाधिक १ सय ६ र जसन रोयले ६६ रनको योगादन गरे । यस विश्वकपमा बेयरस्टोको लगातार दोस्रो शतक हो । यस अघि बेयरस्टोले आइतबार भारतलाई पराजित गर्ने क्रममा पनि शतक प्रहार गरेका थिए ।

बेयरस्टो र रोयले पहिलो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै इङ्ल्यान्डलाई गतिलो सुरुआत दिलाए । जेम्स निसमको बलमा मिचेल सान्टनरबाट क्याच हुनुअघि रोयले ६१ बलमा ८ चौका प्रहार गरेका थिए । तर, बेयरस्टो त्यसपछि आएका जो रुटसँग ७१ रनको साझेदारी गर्दै इङ्ल्यान्डको इनिङ उकासे ।
रुट र बेयरस्टो एक ओभरको अन्तरमा पवेलियन फर्किएपछि इङ्ल्यान्डको रन गतिमा केही कमी आएको थियो । बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दा रुटले २५ बलमा १ चौका मद्दतमा २४ रन जोडे । त्यसपछि ब्याटिङका लागि आएका अलराउन्डर बेन स्टोक्स र जस बटलर पनि समान ११ रनमा पवेलियन फर्किए ।

बटलरलाई ट्रेन्ट बोल्टले कप्तान केन विलियम्सनबाट क्याच गराए भने स्टोक्सलाई सान्टनरले पवेलियनको बाटो देखाए । कप्तान इयोन मोर्गानले ४० बलमा ५ चौका मद्दतमा ४२ रनको योगदान गर्दा हेनरीले आउट गरे । न्युजिल्यान्डका लागि बोल्ट, हेनरी र निसमले समान २ विकेट लिँदा टिम साउथी र सान्टनरले समान १ विकेट लिए । यस अघि अस्ट्रेलिया र भारतले सेमिफाइलनमा स्थान सुरक्षित गरिसकेका छन् । योसँगै अन्तिम चारमा स्थान बनाउनका लागि दुई टोली पाकिस्तान र न्युजिल्यान्ड होडमा छन् । पाकिस्तानको अन्तिम खेल बंगलादेशसँग बाँकी छ ।

 

 

 

प्रकाशित: १९ असार २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App