५ वैशाख २०८१ बुधबार
खेल

दक्षिण अफ्रिकाको रबाफिलो जित

श्रीलंकाविरुद्ध जित निकालेपछि पवेलियन फर्किदै दक्षिण अफ्रिकाका हसिम आम्ला र फाफ डु प्लेसिस । तस्बिर : एपी

चेस्टर ले स्ट्रिट – फाफ डु प्लेसिस र हसिम आम्लाको बलियो साझेदारीप्रेरित दक्षिण अफ्रिकाले शुक्रबार श्रीलंकालाई स्तब्ध बनाउँदै जारी विश्वकपमा दोस्रो जित निकालेको छ।

यस अघि नै सेमिफाइनल पुग्ने सम्भावनाबाट बाहिरिसकेको दक्षिण अफ्रिकाले आफ्नो आठौं खेलमा श्रीलंकामाथि ९ विकेटको रबाफिलो जित निकाल्दै जारी विश्वकपमा दोस्रो सफलता प्राप्त गरेको हो। यता हारसँगै सेमिफाइनलमा पुग्ने श्रीलंकाको सम्भावना निकै कठिन बनेको छ। ७ खेलमा दुई जित र तीन हार बेहोरेको श्रीलंका ६ अंकका साथ सातौं स्थानमा छ। अघिल्लो चरणको यात्रा तय गर्न श्रीलंकाले लिगका बाँकी दुई खेलमा जित हात पर्दा अन्य टोलीको नतिजा पनि पर्खनुपर्नेछ।

२ सय ३ रनको योगफल पछ्याएको दक्षिण अफ्रिकाले डु प्लेसिस र आम्लाको दोस्रो विकेटका लागि १ सय ७५ रनको साझेदारीबाट ७६ बल बाँकी छँदै सफलता प्राप्त ग-यो। थिसरा परेराको बलमा चौका प्रहार गर्दै जित दर्ता गरेका डु प्लेसिस ९६ रन र आम्ला ८० रनमा अविजित रहे। १०३ बल खेलेका डु प्लेसिसले १० चौका र एक छक्का प्रहार गरेका थिए। आम्लाको इनिङमा ५ चौका मात्र समावेश थियो।

लासिथ मालिङ्गाले दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककलाई १५ रनमै आउट गर्दै श्रीलंकाको आशा जगाएका थिए। यद्यपि, डु प्लेसिस र आम्लाले श्रीलंकाको बलरलाई निराश बन्न बाध्य बनाए। १० ओभर बलिङ गरेका मालिङ्गाले एक मेडन राख्दै ४७ रन खर्चिए। यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभर सकिन ३ बल बाँकी रहँदा २ सय ३ रनमै समेटिएको थियो।

ओपनर दिमुथ करुनारत्ने गोल्डेन डक आउट हुँदा श्रीलंकाले सुरुआतमा नै झड्का बेहोर्नुपरेको थियो। अभिस्का फर्नान्डो र कुशल परेराले समान ३० रन जोड्दा श्रीलंकाको इनिङ केही सम्हालिएको थियो। त्यो साझेदारी पनि ६७ रन जोडेपछि टुट्यो। अभिस्का दोस्रो विकेटका रूपमा आउट हुँदा परेरा तेस्रो विकेटको रूपमा आउट भए। यी दुवैलाई ड्वाने प्रिटोरियसले आउट गरेका थिए।

त्यसपछि एंगेलो म्याथ्युज ११ रनमै क्रिस मोरिसको बलमा बोल्ड भए। पाँचौं विकेटका रूपमा कुशल मेन्डिज २३ रनमा आउट भएपछि श्रीलंकाको इनिङ धरासयी बन्यो। थिसारा परेराले इनिङ सम्हाल्दै उकास्ने प्रयास गरे पनि दक्षिण अफ्रिकाको कसिलो बलिङ सामु २१ रन बाहेका जोड्न सकेनन्। त्यसअघि धनन्जय सिल्भालाई २४ रनमा जेपि डुमिनीले पवेलियनको बाटो देखाएका थिए।

कागिसो राबडाको बलमा कट एन्ड बोल्ड हुनुअघि इसुरु उडनानले १७ रन बनाउँदा  सुरंगा लकमल ५ रनमा नटआउट रहे।  विश्वकपको अन्तिम चारमा पुग्ने सम्भावनाबाट बाहिरिसकेको दक्षिण अफ्रिकाका बलर श्रीलंकासामु हाबी भए। दक्षिण अफ्रिकाको बलिङमा क्रिस मोरिस, ड्वानी प्रिटोरिउस र कागिसो रबाडाले किफायती बलिङ गरे। मोरिस र प्रिटोरिउसले समान ३ विकेट हात पार्दा रबाडाले २ विकेट लिए।

शनिबार दुई खेल हुँदा पहिलो खेलमा पाकिस्तानले अफगानिस्ताको सामना गर्नेछ भने अर्को खेलमा अघिल्लो संस्करणका संयुक्त आयोजक न्युजिल्यान्ड र अस्ट्रेलियाबिच खेल हुनेछ। पाकिस्तान सेमिफाइनलमा स्थान बनाउन जित निकाल्ने उद्देश्यका साथ मैदान उत्रिनेछ भने अस्ट्रेलिया जित निकाल्दै शीर्ष स्थानमा यथावत् रहन चाहन्छ।

२ सय ३ रनको योगफल पछ्याएको दक्षिण अफ्रिकाले डु प्लेसिस र आम्लाको दोस्रो विकेटका लागि १ सय ७५ रनको साझेदारीबाट ७६ बल बाँकी छँदै सफलता प्राप्त ग¥यो। थिसरा परेराको बलमा चौका प्रहार गर्दै जित दर्ता गरेका डु प्लेसिस ९६ रन र आम्ला ८० रनमा अविजित रहे।

 

प्रकाशित: १४ असार २०७६ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App