coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीलंकालाई करुनारत्नेको दरिलो साथ

लन्डन – जारी विश्वकपमा श्रीलंकाले निकै खराब नतिजा सामना गरिरहँदा बलिङ र ब्याटिङ दुवैतर्फ बिर्सनलायक प्रदर्शन गरिरहेको छ। विश्वकपका पाँच खेलमा एक मात्र जित निकालेको श्रीलंकाको दुई खेल वर्षाका कारण हुन सकेन। न्युजिल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको श्रीलंकाले अफगानिस्तानसँग भने जित निकाल्यो। बलिङ र ब्याटिङमा खासै राम्रो प्रदर्शन हुन नसकेपछि श्रीलंकाले जारी विश्वकपमा यादगार नतिजा निकाल्न सकेको छैन। यद्यपि, श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्ने मात्र लयमा देखिएकान छन्।

जारी विश्वकपको तीन खेलमा उनले ८९.५० औसतले १ सय ७९ रन बनाएका छन्। यस क्रममा उनले २ अर्धशतकसमेत प्रहार गरेका छन्। पछिल्ला समय उत्कृष्ट लयमा रहेका करुनारत्ने अस्ट्रेलियाविरुद्ध शतकबाट तीन रनले चुकेका थिए। पहिलो खेलमा न्युजिल्यान्डसँग श्रीलंका १० विकेटले पराजित हुँदा १ सय ३६ रनमा समेटिएको थियो। सोही खेलमा पनि करुनारत्नले ५२ रन बनाउँदा श्रीलंकाले सय रनको योगफल पार गरेको थियो।

अफगानिस्तानसँग भने श्रीलंकाले जित निकाल्दा करुनारत्नले ३० रनमै आउट भए। सन् २०११ मा इङ्ल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका ओपनिङ ब्याट्सम्यान करुनारत्नले यसबीच २१ मात्र खेल खेलेका छन्। हालसम्म शतक प्रहार गर्न नसकेका करुनारत्नेले ४ सय ४६ रन मात्र बनाएका छन्। जसमा उनले पछिल्ला चार खेलबाटै ८५.३३ औसतले २ सय ५६ रन बनाएका छन्। लिस्ट ‘ए’ को १ सय ६० खेलमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै ३ हजार ७ सय ९४ रन बनाएका छन्। एकदिवसीयमा कम खेले पनि करुनारत्ने जारी विश्वकपमा राम्रो ब्याटिङ गरिरहेका छन्। श्रीलंकाले शुक्रबार इङ्ल्यान्डसँग खेल्दै छ। सोही खेलमा पनि करुनारत्नेले आफ्नो प्रभाव छाड्दै श्रीलंकालाई राम्रो सुरुआत दिलाउन सक्छन्।


 

प्रकाशित: ६ असार २०७६ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App