६ वैशाख २०८१ बिहीबार
खेल

एपिएपलाई उपमेयर कप

नुवाकोट - न्यु डायमन्ड एकेडेमीलाई ३ सेटमा पराजित गर्दै एपिएफ क्लबले सोमबार नुवाकोट सम्पन्न प्रथम उपमेयर कप महिला रााष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

एपिएपले न्यु डायमन्डलाई २५–२१, २५–२० र २५–१२ को सोझो सेटमा पराजित गरेको हो। शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ७ वटा समूहले सहभागिता जनाएका थिए। प्रतियोगितामा लिग कम नकआउटको आधारमा खेलाइएको थियो। उपाधिका साथ एपिएफले १ लाख ५० हजार नगद, शिल्ड, मेडल एवं प्रमाणपत्र पाएको छ।
यस्तै, दोस्रो हुने न्यु डायमन्ड एकेडेमी नैकापलाई ७५ हजार रुपैयाँसहित शिल्ड कप र प्रमाणपत्र प्रदान गरिएको छ।

विदुर नगरपालिकाले खेलकुदको क्षेत्रबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि नीति तथा कार्यक्रममा समावेश गरी राष्ट्रिय स्तरको प्रतियोगिता  सुुरु गरेको हो। प्रत्येक वर्ष आयोजना गरिने राष्ट्रिय स्तरका प्रतियोगिताले नुवाकोटको खेलविकासमा प्रभाव पार्ने सरोकारवालाहरूले बताएका छन्।

 

प्रकाशित: ३ असार २०७६ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App