१ श्रावण २०७७ बिहीबार
खेल

खेलाडीको हूलमा फरक

काठमाडौं - नेपाली महिला फुटबल अबको केही वर्षले केकस्तो गन्तव्य छुने छ, त्यो धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ, तिनी हुन्, सावित्रा भण्डारी। उनी ब्राजिली फुटबलकी प्रशंसक हुन्, त्यसैले आफैले आफैँलाई ‘साम्बा’ भन्न पनि रुचाउ“छिन्। ‘साम्बा’ भन्ने, तर खेल भने औसत ? त्यो त हुनुभएन नै। धन्न, सावित्रा त्यस्ती छैनन्। सन् अस्सीबाट नेपालमा महिला फुटबलमा जग बसेको मानिन्छ र त्यसयता नेपालले पाएका अब्बल दर्जाका एक खेलाडीमा पर्छिन्, उनी।

सफल हुनु र चर्चामा रहनु दुई फरक परिस्थिति हो, सावित्रा भने उनी दुवैमा दरिलोसँग उपस्थित छिन्। एउटा तथ्य के निश्चित छ भने नेपाली महिला फुटबलमा अझै धेरै हुन बाँकी छ, अझ भनौं केही भएकै छैन। ठीक यही बेला नेपाली फुटबलले ठूलठूला सपना पनि त बुनेको छ, साफ च्याम्पियनसिप मात्र जित्ने होइन, दक्षिण एसियाको घेरा तोडेर एसियाली फुटबलसम्म पहु“च राख्ने। भलै नेपाली पुरुष फुटबलले यति सपना देख्न सक्दैन।

महिला फुटबलले त सक्छ। यी दुई फरक परिस्थितिमा आशा बनेर उभिएकी खेलाडी हुन्, सावित्रा। घरेलु फुटबलमा एपिएफबाट खेल्दा होस् अथवा नेपालको राष्ट्रिय टिमबाटै, खेलाडीको एक हूलबाट उनी ठ्याक्कै फरक देखिन्छिन्, अरूभन्दा तीव्र, चुस्त र स्तरीय। यसैमा टिकेर उनी वर्ष २०७५ मा लगातार चर्चामा पनि रहिन्। चर्चा त कतिसम्म भने उनको जत्तिको लोकप्रियता त अहिलेको पुरुष खेलाडीले पनि विरलै मात्र पाएका छन् होला।

यस्तोमा उनी ‘एनएसजेएफ इन एसोसियसन विथ एक्सन स्पोर्ट्स एजडी प्रिजेन्स बजाज पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयमा नपर्ने त प्रश्न नै भएन। स्पोर्टस अवार्डको यो विधामा पा“च प्रत्याशी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा। सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएको मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ।  

निश्चित छ, उनी यो अवार्डका लागि निकै बलिया प्रत्याशी हुन्। अहिले यहीं रोकिएर केही वर्ष पछाडि फर्काैँ न। लगभग पा“च वर्ष अगाडिसम्म उनी गुमनामजस्तै थिइन्। लमजुङको पाच्चोक स्कुलको मैदानमै सीमित उनको प्रतिभा त्यति बेला फल्ने र फुल्ने अवसर पायो, जति बेला उनी एपिएफस“ग आबद्ध भइन्। लमजुङ छ“दाका दिनको सम्झना अहिले त्यो सबै कथाजस्तो हुन सक्छ, अरू महिला खेलाडी नै नभएको, पुरुष खेलाडीस“ग खेल्न बाध्य, आदि आदि।

एकपल्ट उनी साथीहरू बटुलेर घले गाउ“मा फुटबल खेल्न गइन् र त्यहा“बाटै उनको खेलजीवनले नया“ र निर्णायक मोड लियो। त्यहीं उनी पहिलोपल्ट धेरैको नजरमा परिन्, त्यसयता बा“की के भयो, त्यो त अब सबैलाई थाहा छ। त्यस दिनदेखि उनले तय गरेको काठमाडौं यात्राका लागि गज्जब शब्द प्रयोग गर्नु कन्ज्युस्याइँ हुन्न। अवार्डको प्रत्याशीमा आफ्नै नाम देख्दा उनी सुरुमा स्तब्ध भइन्, पछि लाग्यो, यो एक प्रकारले उनको मिहिनेतका कदर पनि हो।

वर्ष २०७५ मा सावित्राकै गतिलो योगदानका कारण नेपाल भारतमा भएको हिरो गोल्डकपको फाइनलसम्म पुग्यो। त्यसै क्रममा नेपालले पहिलोपल्ट भारतलाई हरायो। विराटनगरमा भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल फेरि एकपल्ट फाइनलमा भारतस“ग पराजित रह्यो, तर उनी सर्वाधिक गोल गर्ने खेलाडीसूचीको शीर्ष स्थानमै छिन्। एपिएफले नै वर्ष २०७५ मा लिग जित्दा उनी सर्वाधिक गोलकर्ता मात्र भइनन्, उत्कृष्ट खेलाडी पनि रहिन्।

नेपालले पहिलोपल्ट ओलम्पिक्स छनोटको दोस्रो चरण तय गर्दा पनि सावित्राको भूमिका कम थिएन। उनी भन्छिन्, ‘यस्तो स्पोर्ट्स अवार्डले खेलाडीको मनोबल बढाउने गर्छ। हामीले नेपाली महिला फुटबलमा गर्नुपर्ने अझै धेरै छ। सबैभन्दा पहिला हामीले वुमेन्स साफ च्याम्पियनसिप जित्नु छ र यसका लागि म कडाभन्दा कडा मिहिनेत गर्न तयार छु।’ यस्ता भनाइले कसको मात्र मन छुन्न होला ? यस्ता खेलाडीलाई अवार्ड दिलाउने जिम्मा उनकै प्रशंसकहरूको त हो नि।

प्रकाशित: ३ असार २०७६ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App