coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बाँकी खेल खेल्नुको विकल्प छैन : डु प्लेसिस

कार्डिफ – दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले शीर्ष ४ टोलीमा बस्दै इङ्ल्यान्ड र वेल्समा जारी विश्वकपमा अघिल्लो चरण प्रवेशका लागि आफ्नो टोलीसामु बाँकी रहेका सबै खेलमा जितको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।

दक्षिण अफ्रिकाले शनिबार अफगानिस्तानमाथि ९ विकेटको सहज जितका साथ प्रतियोगितामा पहिलो सुखद नतिजा ल्याएको थियो। अफगानिस्तनले प्रस्तुत गरेको १ सय २६ रनको लक्ष्य दक्षिण अफ्रिकाले २८.४ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गरेको थियो। दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले ७२ बलमा ८ चौकाको मद्दतमा ६८ रन जोड्दा अर्का ओपनर हासिम अमलाले ८३ बल खेल्दै ४ चौकाको मद्दतमा अविजित ४१ रनको योगदान गरे। अमला र डी ककले पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए।

‘यस जितले टोलीको मनोबल बढेको छ। खेलाडीहरूमा अझै अघिल्लो चरण प्रवेश सम्भावना सकिएको छैन भन्ने बुझेका छन्,’ डु प्लेसिसले भने, ‘हामी सामु अब बाँकी सबै खेलमा विजयी नतिजा ल्याउनुको विकल्प छैन र आजको जित त्यसकै एउटा कदम हो।’ पहिलो खेलमा आयोजक इङ्ल्यान्डसँग हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा भारत र तेस्रो खेलमा बंगलादेशसँग निराश भएको थियो। दक्षिण अफ्रिकाको ५ खेलमा ३ अंक छ र टोली सातांै स्थानमा छ। ५ खेलमा जितविहीन अफगानिस्तान अन्तिम स्थानमा छ।

टस हारर ब्याटिङको निम्तो पाएको अफगानिस्तान  गतिलो सुरुआतका बावजुद ३४.१ ओभरमा मात्र १ सय २५ रनमा सीमित बनेको थियो। अफगानिस्तनका रासिद खानले सर्वाधिक ३५,ओपनर नुर अली जार्डानले ३२ र हाज्मतुल्लाह जजाईले २२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अफगानिस्तानलाई सस्तोमा सीमित पार्ने क्रममा दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ र क्रिस मोरिसले ३ विकेट लिएका थिए।

 

 

 

 

 

 

प्रकाशित: २ असार २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App