८ वैशाख २०८१ शनिबार
खेल

भारत र पाकिस्तानको खेलमा वर्षा बाधक

म्यानचेस्टर–  इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारत पाकिस्तानको खेल वर्षाले प्रभावित भएको छ। इङ्ल्यान्डको म्यान्चेस्टरमा जारी खेलमा पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङ्को निम्ता दिएको थियो। भारतले ४६ दशमलव ४ ओभर खेलेर ४ विकेट गुमाइ ३०५ रन बनाउँदा वर्षाले खेल अवरुद्द गरेको हो। 

जारी खेलमा भारतका लागि रोहित शर्माले सर्वाधिक १४० रन, केएल राहुलले ५७ रन, हार्दिक पाण्ड्याले २६ रन बनाउदा महेन्द्रसिंह धोनी १ रनमा पभेलियन फर्किएका थिए। त्यस्तै कप्तान विराट कोहली ७१ रन र विजय शंकर ३ रनमा अभिजित खेलिरहँदा वर्षाले खेल प्रभावित गरेको हो।

यता पाकिस्तानका लागि मोहम्मद आमिरले २ विकेट तथा हसन अलि र वाहब रियाजले समान १/१ विकेट लिएका थिए।

भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय शंकर, केदार जादव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदिप यादव, वाइएस चहल, जसप्रित बुहराह रहेका छन् । यसैगरी सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा फखार जमान, इमाम अल हक, बाबर आजम, मोहम्मद हाफिज, शोएब मल्लिक, इमाद वासिम, शादब खान, हसन अलि, वाहब रियाज र मोहमद आमिर रहेका छन् ।

प्रकाशित: १ असार २०७६ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App