coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोहलीमा निर्भर भारत

इङ्ल्यान्ड–  न्युजिल्यान्डविरुद्ध बिहीबार हुने विश्वकपमा भारतीय टोली नतिजा आफ्नो पक्षमा पार्न कप्तान विराट कोहलीको प्रदर्शनमा पनि निर्भर रहनेछ। 

३० वर्षे कप्तान  कोहली न्युजिल्यान्डविरुद्धको खेलमा निकै दबाबमा  हुनेछन्। सफल ओपनिङ ब्याट्सम्यान शिखर धवन चोट बोकेर बाहिरिसकेको अवस्थामा कोहलीमाथि केही दबाब पर्नेछ। विश्वकपअघिको वार्म अफ खेलमा पनि भारतले न्युजिल्यान्डसँग ७ विकेटको लज्जास्पद हार बेहोरेको थियो। उक्त खेलमा टे्रन्ट बोल्ट र जेम्स निसमको जोडीले ७ विकेट लिएका थिए।

यस्तो स्थितिमा ओपनिङ जोडीको साझेदारी र कोहलीको ब्याटिङ प्रदर्शनले भारतको सफलता निर्धारण गर्नेछ। उपाधिको दाबेदारीलाई जोगाइराख्न पनि भारतलाई जितको आवश्यक पर्नेछ। त्यसका लागि सिनियर खेलाडी धवनको अनुपस्थितिमा विराट कोहलीको प्रदर्शन राम्रो हुनु पनि उत्तिकै जरुरी छ। 

कोहली पनि यस पटक कुनै गल्ती गर्न चाहन्नन्। कोहली यसअघि न्यजिल्यान्डविरुद्धको वार्म खेलमा कोलिन डे ग्रान्डहोमद्वारा क्लिन बोल्ड भएका थिए। विश्वकपमा दुई खेलमा भने उनले सुधारिएको प्रदर्शन गरेका छन्। दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा १८ रनमै आउट भए पनि कोहलीले अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा भने ८२ रन बनाएका छन्। 

आइसिसी एकदिवसीय क्रिकेटमा नम्बर एक ब्याट्सम्यानसमेत रहेका कोहली उचो प्रदर्शनमा टोलीलाई जित दिलाउन सक्ने क्षमता राख्छन्। सन् १९८८ नोभेम्बर ५ मा जन्मिएका कोहली हाल तीनै फरम्याटमा भारतीय क्रिकेट टोलीको नेतृत्व गरिरहेका छन्। विश्व क्रिकेटमा भरपर्दा ब्याट्सम्यानको छवि बनाएका कोहली दायाँहाते शीर्ष क्रमका ब्याट्सम्यान हुन्। 

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App