coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतसँग न्युजिल्यान्ड सतर्क

नटिङ्घम, जेठ २९ (रोयटर्स)– न्युजिल्यान्डका तीव्र गतिका बलर ल्युक फर्गुसनले एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भारतको सामना गर्दा टोली सतर्क रहने बताएका छन्।

प्रतियोगितमा लगातार चौथो जितको खोजीमा रहेको न्युजिल्यान्ड बिहीबार प्रतियोगिताकै अर्को दाबेदार राष्ट्र भारतको सामना गर्दै छ। 

फर्गुसनले एकदिवसीय क्रिकेटका शीर्ष दुई ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई रोक्ने टोलीको मुख्य लक्ष्य हुने समेत बताए।

‘रोहित र विराट विश्वका उत्कृष्ट ब्याट्सम्यान हुन। त्यसैले उनीहरूलाई कमजोर रूपमा लिनु हुँदैन,’ फर्गुसनले भने, ‘तर उनीहरूलाई दबाबमा राख्न सके टोलीका लागि फइदाजनक हुनेछ। टोलीले उनीहरुविरुद्ध गर्ने कुनै पनि गल्ती महँगो बन्न सक्छ।उनीहरुले निरन्तर उत्कृष्ट खेल खेलिरहेका छन्।’

भारतले सुरुआती पावर प्लेमा नयाँ रणनीतिका साथ प्रदर्शन गर्दै आएको छ, जुन साबिक विजेता अस्ट्रेलियाविरुद्ध हात पारेको महत्त्वपूर्ण जितमा देखिएको थियो। भारतले पहिलो पावर प्लेमा बिनाविकेट क्षति मात्र ४१ रन जोडेको थियो। तर अन्तिम पावर प्लेमा आक्रामक रणनीति दिँदै १ सय १६ रन जोडेको थियो।जसका कारण टोलीले ३ सय ५२ रनको विशाल योगफल खडा गरेको थियो। भारतले सो खेल ३७ रनले जितेको थियो।

‘भारतले सुरुआती २ खेलबाटै आफूलाई बलियो राष्ट्रका रूपमा प्रस्तुत गरिसकेको छ,’ फर्गुसनले भने, ‘भारतका ओपनरलाई सुरुआती ओभरमै पवेलियन पठाउन सके हामी खेलमा हाबी बन्नेछांै। विकेट लिन नसके हामीले धेरैभन्दा धेरै डट बल फ्याँक्न आवश्यक छ।’

भारत र न्युजिल्यान्ड मात्र इङ्ल्यान्डमा जारी विश्वकपका २ अपराजित टोली हुन्। श्रीलंकालाई पहिलो खेलमा १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको न्युजिल्यान्डले दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो। न्युजिल्यान्डको ३ खेलमा ६ अंक छ भने भारतको २ खेलमा ४ अंक छ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको भारतले दोस्रो खेलमा शिखर धवनको शतकमा अस्ट्रेलियालाई निराश पारेको थियो। तर बिहीबार वर्षाको सम्भावना देखिएकाले दुवै टोलीका लागि शतप्रतिशत नतिजामा असर गर्ने सम्भावना पनि कायम छ।

१९९२ र २००३ को विश्वकपमा समान २ खेल वर्षाका कारण रद्द गरिएको थियो। इङ्ल्यान्डमा जारी विश्वकपमा समूहचरणको खेल जारी रहँदा हालसम्म तीन खेल वर्षाका कारण रद्द भइसकेका छन्। हालसम्म श्रीलंका र पाकिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका तथा श्रीलंका र बंगलादेशबीचका खेल वर्षाका कारण रद्द भएका थिए।

त्यसमध्ये श्रीलंका र बंगलादेश तथा श्रीलंका र पाकिस्तानबीचको खेल एक बल पनि नफाली रद्द भएका थिए भने दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको खेलमा मात्र ७.३ ओभर सम्भव भएको थियो।

‘यो विश्वकप हो। हामी भारतविरुद्ध विश्वकपमा खेलिरहेका छौं र यो हाम्रा लागि २ अंक जोड्ने अवसर हो,’ फर्गुसनले भने, ‘जुन हामी वर्षाका कारण रद्द होस् भन्ने चाहँदैनाैं’

यता दक्षिण अफ्रिका र अस्ट्रेलियाजस्ता बलियो टोलीको चुनौती पाखा लगाएको भारत न्युजिल्यान्डविरुद्ध शतप्रतिशत नतिजा निरन्तरताको आशामा हुनेछ। तर अस्ट्रेलियाविरुद्धको जितमा शतक प्रहार गरेका ओपनर शिखर धवन औंलाको चोटका कारण टोलीमा नहुने भएकाले भारत केही दबाबमा हुनेछ। 

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App