२१ असार २०७७ आइतबार
खेल

खेलाडी र अम्पायर जुधेपछि...

काठमाडौं– एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा इंग्ल्याण्डका जेसन रोयले महत्वपूर्ण १५३ रनको योगदान दिए। यसबीचमा दुर्घटनवश यस्तो भयो की उनी अम्पायरसँग नराम्ररी ठोक्किन पुगे। इंग्ल्याण्डका ओपनर रोयले शतक पुरा गरे तर त्यस्को लगत्तै टिभी स्कृनमा अम्पायर ढलिरहेको देखिए। त्यति नै बेला घटना अस्पस्ट भए पनि रिप्लेमा जेसन रोयसँग ठोकिएर उनी लडेको स्पस्ट देखियो।

२७ औ ओभरको ५ औ बलमा जेसन रोय ९६ रन बनाएर खेलिरहेका थिए। मुस्तफिजुरको बलमा प्रहार गरेर उनी रन लिन दौडिए। त्यतिबेला उनको ध्यान फिल्डरमा केन्द्रीत थियो। फिल्डरले त्यति नै बेल मिसफिल्ड गर्न पुगे र चौका भयो। अर्थात शतक पुरा भयो। त्यतिबेला रोय र अम्पायर दुबैको नजर फिल्डरमा थियो। उनीहरु ठोक्किन पुगे र अम्पायर मैदानमा लडे। यद्यपि अम्पायरलाई कुनै चोट भने लागेको थिएन।

प्रकाशित: २५ जेष्ठ २०७६ १९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App