१५ चैत्र २०८० बिहीबार
खेल

न्यु डायमन्डलाई उपाधि

काठमाडौ -  न्यु डायमन्ड एकेडेमीले शनिबार दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै कोर्टमा न्यु डायमन्डले पारामाउन्ट स्कुलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।

न्यु डायमन्डले २५–११, २५–१९ र २५–२१ को सोझो सेटमा विजय प्राप्त गरेकोे हो। तेस्रो सेटमा ८–१५ को अवस्थाले पछि परेको न्यु डायमन्ड रिया कँुवरको उत्कृष्ट स्पाइकबाट लगातार १३ अंक जोड्दै २१–१५ को अवस्थामा खेलमा फर्किएको थियो। उपाधि विजेता न्यु डायमन्डले ६० हजार र उपविजेता प्यारामाउन्टले ३० हजार नगद प्राप्त गरे।

थ्री स्टार एकेडेमीले विजेश्वरी ज्ञान मन्दिरलाई २५–१९, २५–१९ र २५–१७ को सोझो सेटमा हराउँदै तेस्रो भयो। थ्री स्टारले नगद १५ हजार प्राप्त गर्दा विजेश्वरीले १० हजार हात पा-यो। मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरि नगर कमिटीले भलिबल दिवसको अवसर पारेर विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उत्कृष्ट विधामा उपाधिविजेता टिम न्यु डायमन्डको वर्चस्व रह्यो।

सर्वोकृष्ट खेलाडीको उपाधि न्यु डायमन्डकी रिया कुँवरले हात पारिन्। बेस्ट स्पाइकरमा न्यु डायमन्डकी प्रेक्षा राई, सेटरमा न्यु डायमन्डकी अनिषा सुनुवार, डिफेन्समा न्यु डायमन्डकी एन्जिला प्रधान र ब्लकरमा न्यु डायमन्डकी सोनी थपलिया र उत्कृष्ट सर्वरको उपाधि पारामाउन्टकी अनिशा श्रेष्ठले जितिन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ हजार ५ सय र विधागत उत्कृष्टहरूले समान १ हजार प्राप्त गरे।

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App