८ वैशाख २०८१ शनिबार
खेल

इलामलाई फुटबलको उपाधि

उपाधि उचालेपछि ट्रफीसँगै इलामको टिम। तस्बिरः भगिश्वर लिम्बू/नागरिक

तेह्रथुम–प्रदेश १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि  जिल्ला खेलकुद विकास समिति इलामले उचालेको छ।  जिल्ला खेलकुद विकास समिति धनकुटालाई शुक्रबार सम्पन्न फानइनल खेलमा १ का विरुद्ध २ गोलले पाखा लगाउँदै इलामले उपाधि उचालेको हो।

इलामले उपाधिसँगै नगद १ लाख ५० हजार हात पारेको छ भने उपविजेता धनुकटाले नगद ७५  हजारमा चित्त बुझाएको छ।  इलामको जितका लागि खेलको ३२ औं मिनेटमा शिशिर लेखी र ५८ औं मिनेटमा पासाङ शेर्पाले गोल गरेका थिए।  अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३२ औं मिनेटमा म्यान अफ द म्याच  लेखीले हेममणि मगरको हेडिङ पासमा हेडिङमार्फत नै जाली चुमाउँदै आफ्नो टिमको अग्रता कामय गरेका थिए।

म्यान अफ द म्याच हुँदै उनले ट्रफी तथा नगद २५ सय ११ रुपैयाँ हात पारे।  ७० मिनेट खेलाइएको प्रतियोगिताको पहिलो हाफ १ शून्यमा सकिएको थियो। पासाङ शेर्पाले खेलको ५८ आैं मिनेटमा सुशान्त कार्कीको क्रस पासमा हेडिङ फ्लिक गर्दै  निर्णायक गोल गरे। सुरुआती राम्रो खेल प्रदर्शन गरेको धनकुटाले भने फिनिसिङमा चुक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो। धनकुटाले एक मात्र सान्त्वना गोल खेलको ७० औं मिनेटमा गरेको थियो।    

सामाजिक विकास मन्त्रालय प्रदेश १ ले  पहिलोपटक तेह्रथुमको लालीगुराँसमा आयोजना गरेको प्रतियोगिता विजेता टिमलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पुरस्कार प्रदान गरेका थिए भने उपविजेता टिमलाई प्रदेश सांसद लक्ष्मण तिवारीले वितरण गरेका थिए। वैशाख २१ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाको सहभागिता रहेको थियो।

प्रकाशित: २८ वैशाख २०७६ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App