८ वैशाख २०८१ शनिबार
खेल

नेपाल कठिन समूहमा

काठमाडौं – अर्को वर्ष २०२० मा सिंगापुरमा आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिप छनोटका लागि नेपाल कठिन समूहमा परेको छ। एसियाली राष्ट्रका ४७ देशलाई विभिन्न क्षेत्र गरि विभाजन गरिएको समूहमा नेपाल पश्चिम क्षेत्रको समूह ‘ए’ मा परेको छ।

नेपाल सम्मिलित समूहमा आयोजक आयोजक जोर्डनसहित ताजकिस्तान, श्रीलंका र कुवेत छन्। नेपाल सम्मिलित समूहमा पाँच टोली रहेका छन् अन्य समूहमा ४–४ टोली रहेका छन्। छनोटको शीर्ष टोली आउँदो सन् २०२० मा सिंगापुरमा आयोजना हुने च्याम्पियसनसिपका लागि छनोट हुनेछन्। चार उत्कृष्ट उपविजेता पनि प्रतियोगिताका लागि योग्य हुनेछन्।

एएफसीका ४७ राष्ट्रले प्रतियोगितामा सन् २०२० को छनोटमा सहभागिता जनाउन लागेका हुन्। प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्यभागमा विभाजन गरि आयोजना गर्न लागिएको हो। प्रतियोगितामा जापान सर्वाधिक उपाधि जित्ने टोली हो। प्रतियोगितामा नेपालले तीन संस्करणमा सहभागिता जनाएको छ।

सन् १९८५ बाट सुरु भएको प्रतियोगिता प्रत्येक दुई वर्षको अन्तरालमा सञ्चालन हुँदै आएको छ। प्रतियोगिताअन्तर्गत नेपालले सन् २००० मा पहिलोपटक सहभागिता जनाएको थियो। छनोट भई प्रतियोगितामा सहभागी भएका उत्कृष्ट चार टोली फिफाले आयोजना गर्ने फिफा यु–१७ विश्वकपमा सहभागी हुनेछन्।

प्रकाशित: २७ वैशाख २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App