८ वैशाख २०८१ शनिबार
खेल

आइसिसी वरियतामा नेपाल ११ औं स्थानमा

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो। नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औं स्थानमा उक्लिन सफल भयो। यसअघि नेपाल १४औ स्थानमा थियो।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ।

त्यसैगरी छैटौंमा न्यूजील्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलङ्का, नवौंमा वेष्ट इण्डिज, १० औंमा बङ्गलादेश, १२ औंमा स्कटल्याण्ड, १३ औंमा जिम्बाबे, १४ औंमा नेदरल्याण्डस, १५ औंमा आयरल्याण्ड र १६ औं स्थानमा संयुक्त अरब इमिरेट्स छ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो। त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औं स्थानमा छ। रासस

प्रकाशित: २० वैशाख २०७६ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App