१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुदूरपश्चिमकाे विजयी सुरुवात

काठमाडौं - मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जाारी अन्तरप्रदेश यू– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज प्रदेश ७ ले गण्डकीलाई ४ विकेटले पराजित गरेको छ।

खेलमा गण्डकी प्रदेशले दिएको ९१ रनको झिनो लक्ष्य  पछ्याउँदै ब्याटिङमा उत्रिएको प्रदेश ७ ले २२.५ ओवरमा ६ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सन्देश भट्टले ३८ तथा अनिल थापाले २३ रन बनाए। सुदूपश्चिमका लागि सर्वाधिक रन बनाएका भट्ट अविजित रहेका थिए। ५२ बलको सामना गरेका उनले ४ चौका हानेका थिए। 

प्रदेश ७ को सुरुवाती अवस्था भने सन्तोषजनक थिएन। सुरुवाती ३ खेलाडीलाई टिमले सस्तैमा गुमाएको थियो। टिमको स्कोर १२ रन हुदाँ अरुण बोहरा १ रन, धीरेन्द्र ठाकुर ३ तथा सुवाष एयर ४ बनाई आउट भएका थिए।

बलिङतर्फ गण्डकीका लागि नितेश गिरीले ३ तथा आदित्य थापाले १ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

त्रिवि अन्तराष्टिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर गण्डकीले ब्याटिङ रोजेको गण्डकी २०.५ ओवरमा अलआउट हुँदै ९० रन मात्र बनाएको थियो।

पहिलो विकेटका रुपमा अर्जुन कुमाललाई ११ रनमा गुमाएको गण्डकीले यसपछि पनि क्रमश सस्तैमा विकेट गुमाउँदै गएको थियो ।

गण्डकीका लागि अभिषेक थापाले सर्वाधिक २९ रनको पारी खेलका थिए। ४८ बलको सामना गरेका उनले ३ चौकासमेत प्रहार गरे। यस्तै रोशनकान्त सिग्देलले १४ तथा शरद तिवारीले १० रन बनाएका थिए।

प्रकाशित: १९ वैशाख २०७६ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App