coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

केपीएलमा मध्यपश्चिम र एपिएफलाई सफलता

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरी बलको एपिएफ  क्लब विजयी भएका छन्।

मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्दा एपिएफले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित ग-यो।

टस जितेर पहिले ब्याटिङ गरेको लालीगुराँसले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनायो। लालीगुराँसका लागि प्रकाश पटेलले ३० तथा धनुष थापाले १८ रन बनाए। लालीगुराँसलाई सस्तैमा समेट्ने क्रममा मध्यपश्चिमका आकाश विष्ट र अजय साहनीले ३३ विकेट लिए।

१ सय १२ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमै पूरा ग-यो। मध्यपश्चिमका शैलेन्द्र यादवले अविजित ५३ तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए।

समूह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोस्रो खेल खेल्दा मध्यपश्चिमको पहिलो जित हो। लालीगुराँसले भने तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समूहको शीर्ष स्थानमा रहेको कर्णाली–११ ले दुईवटै खेल जितेको छ भने त्रिभुवन आर्मीले एक खेलमा विजयी भएको छ।

दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ। टस जितेर ब्याटिङ रोजेको एपिएफले एक सय ५३ रन बनायो। लक्ष्य पछ्याएको न्यु होराइजनले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो।

एपिएफका शंकर रानाले सर्वाधिक ४८ तथा शरद् भेषावकरले ४१ रन बनाए। शंकरले आक्रामक इनिङ खेल्ने क्रममा २८ बलमा चार छक्का र एक चौका प्रहार गरे भने शरदले ४१ बलमा चार चौका र एक छक्का प्रहार गरे। एपिएफका लागि अनिल साहले २६ रन बनाए। न्यु होराइजनका राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३/३ विकेट लिए। राहुलले १९औं ओभरमा ह्याट्रिक गरे। उनले अमरसिंह रौटेला, सन्दीप जोरा र सुमित महर्जनलाई चौथो, पाँचौ र छैटौं बलमा आउट गरे। कर्णाली प्रिमियर लिगको दोस्रो संस्करणमा यो पहिलो ह्याट्रिक हो।

न्यु होराइजनका सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। दराईले ४० रन बनाउने क्रममा ३७ बलमा चार चौका र एक छक्का प्रहार गरे। एपिएफका यज्ञमान कुमालले सर्वाधिक तीन तथा भुवन कार्की र शरद भेषावकरले २/२ विकेट लिए।

प्रकाशित: १६ वैशाख २०७६ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App