१६ चैत्र २०८० शुक्रबार
खेल

हाफ म्याराथनमा भीमबहादुर र हुमी प्रथम

ओखलढुंगा– पर्यटन प्रवर्द्धनका लागि ओखलढुंगामा आयोजित पिके–देम्बा हाफ म्याराथनमा भीमबहादुर गुरुङ र हुमी बुढामगर प्रथम भएका छन्। सोलुखुम्बुको पिकेदेखि ओखलढुंगाको खिजिदेम्बासम्म शनिबार सम्पन्न हाफ म्याराथनमा पुरुषतर्फ गोरखाका भीमबहादुर र महिलातर्फ प्युठानकी  हुमीले बाजी मारेका हुन्।

२१ किलोमिटरको दूरी भीमबहादुरले एक घण्टा ४९ मिनेट र हुमीले दुई घण्टा ४० मिनेटमा पूरा गरेका थिए। दुवै जनाले नगद रु ५०/५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो भएका छन्। निर्धारित दूरी कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटका पूरा गरेका थिए।

महिलातर्फ खिजिदेम्बा गाउँपालिका–३ ओखलढुंगाकी कष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुंगाकी छोटी शेर्पा तेस्रो भए। भुजेलले दुई घण्टा ५२ र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गरेका थिए। पुरुष र महिलातर्फ दोस्रो र तेस्रो हुनेले क्रमशः  ४० हजार र ३० हजार रुपियाँ पुरस्कार पाएका छन्।

ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको आयोजनामा हाफ म्याराथन प्रतियोगिता गरिएको थियो। पिके–देम्बाको पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको कमिटीका उपाध्यक्ष वाङ्दा शेर्पाले बताए। ४ हजार २ सय मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि २ हजार ५ सय उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलो मिटर हाफ म्याराथन गरिएको हो।

 

 

प्रकाशित: २६ चैत्र २०७५ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App