६ वैशाख २०८१ बिहीबार
खेल

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल अफगानिस्तानसँग पनि पराजित

काठमाडौं – एएफसी यु–२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलबार राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो। छनोट चरणमा नेपालको यो तेस्रो हार हो।

समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अंकतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो। यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो। अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक–एक गोल गरे।

खेलको २४औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको पहिलो हाफको ३४औं मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २–० को सहज जित दिलाए।

त्यस्तै समूह ‘ए’ बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यु–२३ च्याम्पियनसिपमा छनोट भएको छ। मंगलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई–दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्पिनसिपका लागि छनोट भएको हो।

 

प्रकाशित: १३ चैत्र २०७५ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App