१६ चैत्र २०८० शुक्रबार
खेल

स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

काठमाडौं – स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअतर्गत शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले २–० ले पछि परेको स्थिती उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो।

खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत गोल गर्दै स्वान्सीलाई अग्रता दिलाएका थिए। २९ औं मिनेटमा सेलिनाले गोल गर्दै स्वान्सीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० को अग्रता लिएको स्वान्सीविरुद्ध ६९ औं मिनेटमा सिटीका बर्नान्डो सिल्भाले गोल गर्दै अन्तर कम गरेका थिए।

७८ औं मिनेटमा सिटीले उपहार गोलका कारण खेल बराबरी गर्न सफल भयो। स्वान्सीका नोर्डफेल्डले आफ्नै पोष्ट आत्माघाती गोल गर्न पुगे। निकै रोमाञ्चक अवस्थामा पुगेको खेलको ८८ औं मिनेटमा सर्जियो अग्गुइरोले गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाउँदै अन्तिम ४ मा पुर्याए। अग्गुइरो वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका थिए। 

 

प्रकाशित: ३ चैत्र २०७५ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App