८ वैशाख २०८१ शनिबार
खेल

सन्दीप स्वदेश फर्कँदै

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर मंगलबार (आज) स्वदेश फर्कँदै छन्।

सन्दीप दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए। सन्दीपले उक्त प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए।

सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अंक जोड्ेको थियो। उनकोे टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि सन्दीप स्वदेश फर्किएका हुन्। 

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App