coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्व कीर्तिमानमा ह्याट्रिक लक्ष्य

काठमाडौं – गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराइसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनार तेस्रो पटक विश्व कीर्तिमान राख्ने तयारीमा छन्। 

सोमबार एक कार्यक्रमको आयोजना गर्दै सुनारले तेस्रो पटक कीर्तिमान राख्नका लागि डेमोस्ट्रेसन गरेका हुन्। सुनारले ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रो पटक विश्व कीर्तिमानको तयारी गरेका हुन्। 

खोटाङ स्थायी घर भएका दिनेश सुनार करिब १५ वर्षदेखि निरन्तर पार्कर खेलको विकासमा लागेका छन्। खेलविकासमा लागेका दिनेशले पार्करलाई नेपालमा स्थापित गर्नु आफ्नो एक मात्र लक्ष्य रहेको बताए। सुनार करिब सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा जिम्न्यास्टिक खेलाडीको रूपमा कार्यरत छन्। 

सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदक पनि जितिसकेका छन्।। उनले आफूले सन् २०१७ मा एक मिनेटको समय सीमाभित्र ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेन्डमा १६ पटक ‘ब्याक फ्लिप्स’ गरेर अर्काे रेकर्ड राख्न सफल भएको सार्वजनिक गरेको भिडियोमा देखाइएको छ।

गत जनवरीमा मात्र अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका उनी विभिन्न देशका ८० प्रतियोगीमध्ये आठौं स्थानमा पुग्न सफल भएका थिए। 

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App