१५ चैत्र २०८० बिहीबार
खेल

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल पराजित, उपाधि जित्ने सम्भावना न्यून

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि यात्रा थप बलियो बनाएको छ। शनिबार राति सम्पन्न सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिडलाई उसकै मैदान सान्टियागो बर्नाबाउमा १–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि यात्रा मजबुत बनाएको हो।

एक साताको अन्तरमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको यो दोस्रो पटक हो। यसअघि सान्टियागोमै कोपा डेल रे को दोस्रो लेगमा रियलमाथि बार्साले ३–० को जित निकालेको थियो।

बार्सालाई महत्वपूर्ण ३ अंक दिलाउने क्रममा इभान राकिटिचले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे। सोही गोल बार्साको जितमा पर्याप्त बन्यो। बार्साले रियलको मैदानमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।

जितसँगै बार्साको २६ खेलबाट ६० अंक भएको छ। रियल बार्साभन्दा १२ अंकले पछि परेको छ। रियलको समान खेलबाट ४८ अंक छ। यो हारसँगै रियलको उपाधि जित्ने सम्भावना लगभक समाप्त भएको छ।

एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। आज रियल सोसिडाडसँग हुने खेलमा एथ्लेटिकोले जित हासिल गरेमा पनि बार्सिलोनाको ७ अंकको अग्रता यथावत् नै हुनेछ। 

राति नै भएका अन्य खेलमा स्पानियोलले रियल भालाडोलिडलाई ३–१ तथा आलाभेसले भिल्लारियल र ह्विस्काले सेभिल्लालाई समान २–१ ले पराजित गरेका छन्। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App