१६ चैत्र २०८० शुक्रबार
खेल

चेल्सीका गोलकिपर केपामाथि कारबाही

काठमाडौं – चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ। एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा प्रशिक्षक माउरीजियो सार्रीको निर्देशनलाई नमानेका गोलकिपर केपालाई कारवाही गरिएको हो।

सिटीविरुद्ध सार्रीको निर्देशनलाई अटेर गर्दै केपाले रिप्लेस हुन मानेका थिएनन्। खेलको अन्तिमतिर केपालाई चोट लागेपछि सारीले उनको स्थानमा अर्का गोलकिपरलाई मैदानमा प्रवेश गराउन खोज्दा केपाले नमानेपछि सार्री रुष्ट बनेका थिए। केपाले रिप्लेस हुन नमान्दा मैदानमा ठूलो नाटक भएको थियो।

कारवाही वापत केपाको एक साताको तलब काटिएको छ। साथै उनलाई माफी माग्न लगाइएको छ। सो फाइनल खेलमा सिटीसँग चेल्सी पेनाल्टी सुटआउटमा पराजित भएको थियो। त्यसले गर्दा केपा झन आलोचित भएका छन्।

प्रशिक्षकको निर्देशन पालना नगर्नु केपाको ठूलो गल्ती भएको फुटबल विश्लेषकले बताएका छन्। खेलपछि प्रशिक्षक सार्रीले केपासँग  वैचारिक विभेद भएको बताएका थिए। उता, केपाले आफूले ठूलो गल्ती गरेको समेत बताएका थिए।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App