coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला टी–२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा आइतबार (आज) नेपालले हङकङसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डमा हुनेछ।

प्रतियोगितामा ३ खेलमा २ मा जित निकालेको नेपाल चिर प्रतिद्वन्द्वी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहान्छ। थाइल्याण्डसँग पराजित भएपछि शीर्ष स्थानमा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लिनेछ।

नेपाललाई शीर्ष स्थानमा पुग्नका लागि थाइल्याण्ड कुनै टिमसँग पराजित हुनुपर्नेछ। ३ खेलबाट नेपाल प्रतियोगिताको तेस्रो स्थानमा छ। थाइल्याण्ड शीर्ष स्थानमा छ। यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन्।

प्रकाशित: १२ फाल्गुन २०७५ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App