८ वैशाख २०८१ शनिबार
खेल

मेस्सीको ५० औं ह्याट्रिक, सेभियामाथि बार्सिलोनाको सहज जित

काठमाडौं – कप्तान लियोनल मेस्सीले करियरको ५० औं ह्याट्रिक पूरा गरेको दिन लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि ४–२ को जित निकालेको छ। योसँगै मेस्सीले ६५० गोल समेत पुरा गरेका छन्।

शनिबार राति सेभियाको घरेलु मैदानमा सम्पन्न खेलमा मेस्सीले खेलको २६, ६७ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा थप १ गोल लुइस स्वारेजले गरे। सेभियाका जेसस नाभास र गाब्रियल मेर्काडोले एक–एक गोल फर्काए।

नाभासले २२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। मेस्सीले १६ यार्ड टाडाबाट गोल गर्दै खेल बराबरीमा ल्याए। ४२औं मिनेटमा पाब्लो साराबियाको पासमा मेर्काडोले सेभियालाई पुनः अग्रता दिलाए।

पहिलो हाफमा २–१ ले पछि परेको बार्साका लागि ६७औं मिनेटमा मेस्सीले ब्याक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ओस्मान डेम्बेलेको पासमा गोल गरेका थिए। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बार्साका लागि ८५औं मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक पूरा गर्दा टोलीले खेलमा ३–१ को अग्रता लियो।

त्यसपछि इन्ज्यूरी समयको अन्तिम मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को सहज जित दिलाए। सेभियाविरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन्। सेभियाले ला लिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ। गएको महिना कोपा डेल रेमा पनि सेभिया बार्सिलोनासँग पराजित भएको थियो।

जितसँगै बार्सिलोनाले लिगमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ। २५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ। एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ४७ र रियल मड्रिडको ४५ अंक छ।

प्रकाशित: १२ फाल्गुन २०७५ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App