coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सावित्राकाे उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा इरान पराजित

काठमाडाैं - भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानमाथि प्रभावशाली जित दर्ता गरेको छ। फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३-० ले पराजित गरेको हो। जितसँगै  नेपालको फाइनल प्रवेश सम्भावना बलियो बनेको छ।

भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा नेपाललाई विजयी गराउन सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरिन्। उनले नेपालका लागि २ गोल गर्दा अनिता बस्नेतले एक गोल गरिन्। नेपाललाई खेलमा अग्रता भने अनिताले दिलाएकी  थिइन्। उनले खेलको ४१ औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गरिन्। सावित्राले यसअघि भारत विरुद्धको खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेकी थिइन्। जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल पहिलाे खेलमा म्यानमारसँग पराजित भएकाे थियाे।

इरान र भारत विरुद्धको खेल जितेपनि नेपालले फाइनल प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजा कुर्नुपर्नेछ। यी दुई बीचको खेल केही समयमै सुरु हुने भएको छ। 

प्रकाशित: १ फाल्गुन २०७५ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App