१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डिपिएलमा आज पनि दुई खेल

धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको दोस्रो दिन पनि दुई ओटा खेल हुँदैछन्।

पहिलो खेल प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान फाप्लामा सिवाइसी अत्तरीया र धनगढी स्टार्सबीच बिहान नौ बजे हुँदै छ। साेही मैदानमा दोस्रो खेल भने बिराटनगर किंग्स र रूपन्देही च्यालेन्जर्सबीच दिउँसो १ बजे हुँने छ।

धनगढी र रुपन्देहीले एक–एक खेलिसकेका छन। सोमबार भएको उद्घाटन खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो। भने सोमबार नै भएको अर्को खेलमा रूपन्देही च्यालेन्जसले महेन्द्रनगर युनाइटेडमाथि २ रनको रोमाञ्चक जित हात पारेको थियो।
त्यस्तै सिवाइसी अत्तरीया र बिराटनगर किंग्स आज आफ्नो पहिलो खेल खेल्दै छन।

प्रकाशित: २९ माघ २०७५ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App