coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डीपीएलकाे खेल तालिका परिवर्तन, साेमबार पहिलाे खेल

धनगढी - शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेट प्रतियोगिता साेमबार अर्थात माघ २८ देखि सुरु हुने भएकाे छ। धनगढीमा वर्षा भएपछि प्रतियाेगिताकाे खेलतालिकामा हेरफेर गरिएकाे आयोजकले जानकारी दिएकाे छ।

प्रतियाेगिताकाे उद्धघाटन भने शनिबार नै हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। साेमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र विराटनगर किंग्सबीच प्रतिष्पर्धा हुने भएकाे हाे।

यसैबिच प्रतियाेगिताकाे ट्रफी समेत शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे छ। दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स र एकेडेमीका अध्यक्ष शाहीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन्। प्रतियोगिताको विजेताले रु ३० लाख र उपविजेताले १२ लाख तथा तेस्रो हुनेले ४ लाख र चौथो हुनेले दुई लाख प्राप्त गर्नेछ। प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेकाे छ।
परिवर्तित खेलतालिका

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App