७ वैशाख २०८१ शुक्रबार
खेल

प्रदेश नम्बर– १ र ३ को विजयी सुरुआत

काठमाडौं – प्रदेश नम्बर–१ र प्रदेश नम्बर–३ ले रामेछापमा जारी मन्थली मेयर कप सिभिल भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

मन्थलीमा मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो। रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश–१ ले कर्णालीको चुनौती २५–१८, २५–२१, २५–२२ ले समाप्त पार्यो।

दिनको दोस्रो खेलमा प्रदेश–३ ले प्रदेश–७ लाई स्तब्ध बनायो। प्रदेश–३ ले प्रदेश–७ को चुनौती २५–२३, २५–२१ र २५–२३ ले समाप्त पारेको थियो। उक्त प्रतियोगिताको उद्घाटन संघीय सांसद श्यामकुमार श्रेष्ठले गरेका थिए। कुल ७ लाख २५ हजार पुररस्कार राशि रहेको प्रतियोगितामा ६ प्रादेशिक टोलीसहित रामेछापका तीन टोलीको सहभागिता रहेको छ।

रामेछापका नमुनादीप युवा, शान्तिदीप युवा र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ। सबै टोलीमा राष्ट्रियस्तरमा परिचित खेलाडी छन्। गत संस्करणमा सुदूरपश्चिमको टोलीले उपाधि जितेको थियो। शान्तिदीप युवा क्लब उपविजेता बनेको थियो।

प्रतियोगितामा मन्थली नगरपालिका मुख्य प्रायोजक तथा रामेछाप नगरपालिका, सुनापती गाउँपालिका, खाँडाँदेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउँपालिका सह–आयोजक रहेका छन्।  

प्रकाशित: २३ माघ २०७५ ००:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App