coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकप फागुन २ देखि, विजेताले ८ लाख ८० हजार पाउने

तिलोत्तमा गोल्डकपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : नागरिक

रुपन्देही – २१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।

फुटबल संघले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि २१ औं अन्तर्राष्ट्रिय तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७५ को तयारीमा जुटेको जनाएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षीक तालिका अनुसार तिलोत्तमा गोल्डकप हुन लागेको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने तिलोत्तमा गोल्डकप प्रतिष्ठित प्रतियोगिताका रुपमा हेर्ने गरिन्छ। तर, प्रतियोगिता आयोजना गर्न भने निकै चुनौतीपूर्ण रहेको अध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले बताए।

प्रतियाेगितामा ‘ए’ डिभिजनका सहित १० टिमको सहभागिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेतालाई ८ लाख ८० हजार र उपविजेतालाई ५ लाख ५० हजार नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकका महासचिव लोक पुनले बताए।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवदेदीले तिलोत्तमा गोल्डकप बुटवलको प्रतिष्ठासँग जोडिएकाले यसलाई सफल बनाउन उपमहानगर तयार रहेको बताए। विस २०३१ सालमा तत्कालिन बुटवल नगर पञ्चायतले स्थापना गरि २०३३ सालदेखि शुभारम्भ भएको थियो।

नेपालको हुने गोल्डकपमध्ये तिलोत्तमा गोल्डकपलाई पनि मानिन्छ। झन्डै १ करोडको खर्च अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले १० लाख रुपैयाँ बजेट छुट्याएको छ। बाँकी रकम विभिन्न संघसंस्था, उद्योगी व्यवसायीबाट संकलन गरेर सम्पन्न गर्ने रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष भूपेन्द्र बहादुर क्षेत्रीले बताए।  गोल्डकपको १ लाख दर्शकले अवलोकन गर्ने आयोजको आशा छ।

प्रकाशित: १९ माघ २०७५ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App