६ वैशाख २०८१ बिहीबार
खेल

युएईद्वारा नेपालसामु १०८ रनको लक्ष्य प्रस्तुत, अबिनाशको उत्कृष्ट बलिङ

काठमाडौं – युएईसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले घरेलु टोलीबाट जितका लागि १०८ रनको लक्ष्य पाएको छ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले जितका लागि १०८ रनको लक्ष्य पाएको हो।

पहिलो विकेटका रुपमा अस्फाग अहमेदलाई ० रनमा गुमाएको युएईका लागि चुन्दनगापोइल रिजवानले सर्वाधिक रनको योगदान दिए। ४३ बलको सामना गरेका रिजवानले ४ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै शाइमन अनवरले १४ र मोहम्मद बुताले ११ रन बनाएपनि अन्य ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। युएईलाई सस्तैमा समेटन नेपालका अबिनाश बोहोराले ३ विकेट लिए। बोहोराले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएका थिए। त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए। 

हिजो भएको पहिलो टी–२० खेलमा पराजित भएको नेपाललाई सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेलमा जित्नैपर्ने दबाब छ। आजको खेल जित्नसके नेपालले शृंखला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृंखला आफ्नो पक्षमा पार्नेछ।

एक दिवसीय शृंखला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृंखला जित्न गर या मरको अवस्थामा छ। पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृंखला कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको छ।

पहिलो टि–२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृंखला एक–एक जीतको बराबरी गर्न चाहन्छ तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ। टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० शृंखला जित्न सकेको छैन्।

प्रकाशित: १८ माघ २०७५ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App