८ वैशाख २०८१ शनिबार
खेल

बाँसगढीमा मेयर कप जारी

बुधबार कबड्डीमा प्रतिस्पर्धा गर्दै छात्रा। तस्बिर : निर्मल/नागरिक

लक्ष्मणा (बर्दिया) – दोस्रो बाँसगढी अन्तरमावि मेयर कप प्रतियोगितामा एथलेटिक्स र भलिबलतर्फ दोस्रो चरणका खेल हुँदै छन्। भलिबलतर्फ पूर्णहीरा माविलाई पराजित गरी भृकुटी मावि र जनता मावि बठुवालाई पराजित गरी जनप्रिय मावि दमौली दोस्रो चरणमा प्रवेश गरेका छन्।

बुधबार भएको छात्र र छात्रा दुवै कबड्डीमा पूर्णहीरा माविले गुराँस माविलाई  पराजित गरेको छ। मार्सल आर्टका तेक्वान्दो र कराते सम्पन्न भइसकेको आयोजकले जनाएको छ। यस्तै सटफुट, ज्याभलिङ थ्रो, ८ सय र १५ सय मिटर दौड, लङजम्प पनि सम्पन्न भइकसेका छन् । करातेतर्फ नेपाल राष्ट्रिय मावि, बाँसगढीले तीन स्वर्ण, दुई रजत र दुई कांस्य, नेरा मावि लक्ष्मणपुरले दुई स्वर्ण र १ कांस्य, बाँसगढी एकेडेमीले एक स्वर्ण र त्रिभुवन मावि ककौराले एक रजत एवं एक कांस्य प्राप्त गर्न सफल भए। यसै गरी टेक्वान्दोमा बाँसगढी एकेडेमीकी सञ्चिता रेग्मी उत्कृष्ट छात्रा, नेरा माावि लक्ष्मणपुरका लोकबहादुर पुनमगर उत्कृष्ट छात्र घोषित भए।

लक्ष्मनास्थित सामुदायिक वनको मैदानमा जारी प्रतियोगिता शुक्रबार सकिनेछ। समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्य र लक्ष्यसहित मेयर कप आयोजना गरिएको विद्यालयका प्रअ गोपाल सुवेदीले बताए। मेयर कपमा १७  विद्यालयका छात्रछात्रा सहभागी छन्। प्रतियोगितामा सहभागी छात्रछात्रालार्इ पायक पर्ने स्थानीय विद्यालयमा आवासको व्यवस्था गरिएको छ। मेयर कपको व्यवस्थापन पूर्ण हीरा माविले गरेको छ।

प्रकाशित: १७ माघ २०७५ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App