१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाल युएई बिरुद्ध फिल्डिङ गर्दै

काठमाडाैं – युएईमा जारी तेस्रो एकदिवसीय खेलमा नेपालले टस जित्दै बलिङ गरिरहेको छ। 

युएई नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ। युएईले २३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ। नेपालका लागि सोमपाल कामी, करन केसी, सन्दीप लमिछाने र कप्तान पारस खडकाले १–१ विकेट लिएका छन। नेपालले सुरुवातमै युएईलाई दबाबमा राखेको थियो। सोमपालले तेस्रो ओभरमा आश्फाक एहेमदलाई विनोद भण्डारीको हातवाट क्याच गराउँदा युइईको स्कोर शून्य रहेको थियो। त्यसपछि छैटौ ओभरमा करन केसीले चिराग सुरीलाई भण्डारीकै हातवाट आउट गराए। सन्दीपले २० औ ओभरमा विकेट लिए भने कप्तान खडकाले २१ औ ओभरमा युएईको विकेट लिएका छन। 

प्रकाशित: १४ माघ २०७५ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App