६ वैशाख २०८१ बिहीबार
खेल

युएईसँग निर्णायक खेल खेल्दै नेपाल

काठमाडाैं – तीन खेलकाे एकदिवसीय सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले सोमवार युएई विरुद्ध निर्णायक खेल खेल्दैछ। तीन खेलको सिरिज दुबै टोलीले एक–एक खेल आफ्नो पक्षमा पार्दै बराबरी गरेका छन। खेल नेपाली समय अनुसा विहान ११ वजेर १५ मिनेटमा सुरु हुँदै छ। 

पछिल्लो खेल जितेको नेपाल सोमवारको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिदै छ। दोस्रो खेलमा नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। सोमपाल कामी, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र युवा ब्याट्सम्यान रोहीत कुमार पौडेलको किर्तीमानी अर्धसतकका साथ नेपालले दमदार प्रदर्शन गरेको थियो। पहिलो खेलमा भने ब्याटिङ्ग कमजोर हुँदा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो।
 
सोमवारको खेल दुबै टोलीका लागि उत्तिकै महत्वपूर्ण रहेको छ। युएई घरेलु मैदानको फाइदा उठाउँदै सिरिज जित्ने दाउमा रहको छ भने नेपाल युएईलाई उसकै मैदानमा पराजित गरि सिरिज कब्जा गर्ने लक्ष्यका साथ मैदान उत्रिदै छ। युएईसँगको दोस्रो खेलामा ओपनिङ्ग राम्रो गर्दै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले नेपालको लागि राम्रो सुरुवात गरेका थिए। सोमवारको खेलमा पनि पहिले ब्याटिङक गरेमा ओपनिङ्ग राम्रो गर्दै नेपाललाई २५० भन्दा माथिको स्कोरसम्म पुगाउन सके नेपाललाई खेल जित्न केही सहज हुनेछ। पहिले बलिङ गर्नुपर्ने अवस्था आएमा युएईलाई १५० भन्दा मुनिको स्कोरमा रोक्न सकेमा नेपाललाई खेल जित्न सहज हुने छ। 

 

प्रकाशित: १४ माघ २०७५ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App