२६ असार २०७७ शुक्रबार
खेल

रेकर्ड राखेका राेहितलाई प्रधानमन्त्रीकाे बधाई

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा कम उमेरमा अर्धसतक प्रहार गर्दै रेकर्ड राख्ने रोहितकुमार पौडेललाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत उनले रोहितलाई बधाई दिएका हुन्। उनले ट्विटमा लेखेका छन् "अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।

राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। रोहितले शनिबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक पूरा गर्दै भारतका ब्याट्सम्यान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन्।  रोहितले १६ वर्ष एक सय ४६ दिन उमेरमा यो कीर्तिमान तोडेका छन्।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुल्करको र एकदिवसीयतर्फ अफ्रिदीको नाममा थियो।  तेन्दुल्करले १६ वर्ष दुई सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोड्दै कीर्तिमान बनाएका थिए। अफ्रिदीले सन् १९९६ अक्टोबर ४ मा १६ वर्ष दुई सय १७ दिनमा श्रीलंकाविरुद्ध डेब्युमै उक्त कीर्तिमान बनाएका थिए।

प्रकाशित: १३ माघ २०७५ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App