१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ढोरपाटन महिला डबल लिग : आर्मी शीर्ष स्थानमा

काठमाडौं – विभागीय क्लब आर्मी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा सोमबार आर्मीले अपराजित यात्रा ३ खेलसम्म जारी राख्दा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो।

चौथो दिनको खेलमा आर्मीले आयोजक ढोरपाटनमाथि २५–३, २५–७ र २५–४ को सोझो सेटमा जित रच्दै आफ्नो सुखद यात्रालाई निरन्तरता दिएको हो। सोमबारकै खेलमा श्रीगाउँ खेलकुद विकास समिति दाङले भने मिश्रित नतिजा निकाल्यो। श्रीगाउँले पहिलो खेलमा सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब)लाई २५–९, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै दिनको सुखद सुरुआत गरेको थियो। तर, दोस्रो खेलमा भने श्रीगाउँले बलियो टिम सशस्त्र प्रहरी बलको एपिएफसँग २५–२०, २५–११ र २५–८ को सोझो सेटमा नतिजा सुम्पियो।

यससँगै लिगमा श्रीगाउँले ४ खेलबाट ९ अंक जोड्दा साबिक विजेता एपिएफले ३ अंकका साथ विजयी सुरुआत गरेको छ। सोमबारको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले सेबलाई २५–१३, २५–१३ र २५–९ को सोझो सेटमा हराउँदै लिगमा सुखद सुरुआत गरेको छ। सेबले ४ खेलबाट ६ अंक जोड्दा पुलिसले पनि ३ अंकका साथ विजययात्रा अगाडि बढाएको छ।

लिगको विजेताले ३ लाख ५० हजार, दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौं हुनेले ४० हजार, छैटौंले ३० हजार र सातौं हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दी सिरिज र एक जना भाग्यमानी दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन्।

प्रकाशित: ८ माघ २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App