coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतलाई एकदिवसीय शृंखला

मेलबर्न – महेन्द्रसिंह धोनीको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले शुक्रबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै तीन खेलेको  एकदिवसीय शृंखला २–१ ले जितेको छ।

यसअघि भारतले ४ टेस्टको शृंखला पनि २–१ ले जितेको थियो भने तीन ट्वान्टी–२० खेलको शृंखला भने १–१ को बराबरीमा सकिएको थियो। अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य भारतले ४ बल अगावै ३ विकेटको क्षतिमा पूरा गरेको थियो। भारतका धोनीले अविजित ८७ र केदार जाधबले अविजित ६१ रनको योगदान गरेका थिए। १ सय १४ बल खेलेका धोनीले ६ चौका प्रहार गर्दा जादधले ५७ बलमा ७ चौका प्रहार गरे।

धोनी र जाधबले चौथो विकेटका लागि अविजित १ सय २१ रनको साझेदारी गरेपछि भारतले सहज जित पक्का गरेको थियो। म्यान अफ दी सिरिज धोनीको जारी प्रतियोगितामा यो लगातार तेस्रो अर्धशतक हो। १५ रन जोड्दा ओपनर रोहित शर्मालाई गुमाएको भारतले ५९ रन जोड्दा अर्का ओपनर शिखर धवनलाई दोस्रो विकेटको रूपमा गुमाएको थियो।

तेस्रो विकेटका लागि कप्तान विराट कोहली र धोनीले ५४ रनको साझेदारी गरेका थिए। कोहलीले ३६२ बलमा ३ चौका मद्दतमा ४६ रनको योगदान गरे। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३० रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका पिटर ह्यान्ड्स्कमले सर्वाधिक ५८ रनको योगदान गरे।८३ बल खेलेका ह्यान्डस्कमले २ चौका प्रहार गरे।
भारतका युज्बेन्दर चाहलले ६ विकेट लिएका थिए।

प्रकाशित: ५ माघ २०७५ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App