१ श्रावण २०७७ बिहीबार
खेल

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वुल्भ्समाथि ३–० गोल अन्तरको जित निकालेको छ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा वुल्भ्समाथि फराकिलो जित निकाल्दै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ। 

सिटीको जितमा गाब्रियल जिससले दुई गोल गरे भने वुल्भ्सका कोनर कोडीले आत्मघाती गोल गरे। खेलमा वुल्भ्सका विली बोलीले रातो कार्ड पाएका थिए।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले २२ खेलबाट ५३ अंक जोड्दै शीर्षस्थानको लिभरपुलसँग ४ अंकको दुरी बनाएको छ। लिभरपुलको ५७ अंक छ। वुल्भ्सको भने २९ अंक छ।

प्रकाशित: १ माघ २०७५ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App