८ वैशाख २०८१ शनिबार
खेल

साविक विजेता पिएसजी लिग कप फुटबलबाट बाहिरियो

गोल गरेपछि गुइनग्याम्पका खेलाडी । तस्बिरः एजेन्सी

काठमाडौं – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा गुइनग्याम्पसँग २–१ को अप्रत्यासित पराजय भोगेको छ। हारसँगै पिएसजी प्रतियोगिताबाट बाहिरिएको छ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा पिएसजी पहिलो हाफमा बराबरीमा रोकिएको थियो। ६१ औं मिनेटमा पेनाल्टी अवसर पाएपनि मार्कस थुर्रामको प्रहार आकासिएपछि गुइनग्याम्प खेलमा अग्रता लिनबाट बञ्चित बनेको थियो। तगत्तै ६२ औं मिनेटमा नेइमारले हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाए।

तर, पिएसजी अन्तिम ९ मिनेट सम्हालिन नसक्दा गुइनग्याम्पले भने खेलमा उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो। उसका लागि ८१ औं मिनेटमा येनी एन्बाकोटोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए। इन्ज्युरी समयमा पहिलो पेनाल्टीमा चुकेका थुर्रामले पेनाल्टीमा नै गोल गरेपछि पछिल्ला ५ वर्षदेखि लगातार उपाधिमाथि कब्जा जमाएको लिग वान लिडर पिएसजी २–१ ले स्तब्ध बन्यो। पिएसजीले तालिकाको पुछारमा रहेको गुइनग्याम्पको चुनौति पन्छाउन सकेन्।

प्रकाशित: २६ पुस २०७५ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App