२७ असार २०७७ शनिबार
खेल

तालिका हेरफेर

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलमा २ चरणका खेल मात्रै बाँकी रहँदा प्राविधिक कारण देखाउँदै लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलतालिका हेरफेर गरेको छ।

एन्फाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको परिवर्तित तालिकाअनुसार मनाङ र हिमालयन शेर्पा क्लबबीचको खेल पुस १८ गते दिउँसो २ः३० बजे हलचोकस्थित एपिएफ रंगशालामा हुनेछ। यसअघि यी दुई टोलीबीचको खेल पुस १७ गते बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तालिका सार्वजनिक गरेको थियो।

यसअघिको तालिकाअनुसार पुस १६ र १७ गते ३/३ खेल हुने जनाएको एन्फाले तालिका परिवर्तन गरेसँगै सोमबार ३ खेल हुनेछन् भने १७ गते दुई खेल हुनेछ। सोमबार एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा एनआरटी र मच्छिन्द्र क्लबे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ। सोमबारै एपिएफ मैदानमा हुने खेलमा त्रिभुवन आर्मीले जाउलाखेल क्लबसँग खेल्नेछ। मंगलबार एन्फा कम्लेक्समा सरस्वती युुथ क्लब र च्यासल युुथ क्लब तथा एपिएफको मैदानमा एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछन्।

यता पुुस १८ मा एक खेल मात्र खेलाउने खेलतालिका सार्वजनिक गरेको एन्फाले नयाँ तालिकाअनुसार त्यस दिन पनि दुई खेल खेलाउनेछ। पहिलो खेलमा एन्फा मैदानमा थ्री स्टारले संकटा क्लबसँग खेल्नेछ भने एपिएफको मैदानमा हुने खेलमा मनाङले  हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १६ पुस २०७५ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App