२५ असार २०७७ बिहीबार
खेल

फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथर - सदरमुकाम फिदिममा हुने दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। पुष २१ गतेदेखि हुने प्रतियोगिताको खेलतालिका आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

प्रतियोगितामा दश टिमको सहभागिता रहने छ। समुह ए मा झापा–११, सोनाम मेमोरीय क्लव ताप्लेजुङ, शसस्त्र प्रहरीको एपिएफ, सुनसरी–११ र फ्रेण्डस् क्लब काठमाडौं रहेका छन्। यस्तै समुह बी मा मोरङ–११, आयोजक फिदिम स्र्पोटिङ क्लब, त्रिभुवन आर्मि क्लब, रोयल एफसि दार्जिलिङ भारत र ब्वाईज युनियन काठमाडौ रहेका छन्।

प्रतियोगिताको पहिलो खेलमा झापा–११ र ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ। फिदिम स्पाेर्टिङ क्लब र पाँचथर फुटबल संघले सयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन्। प्रतियोगिता पुष ३० गतेसम्म चल्नेछ। प्रतियोगिताकाे विजेता टाेलिले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

प्रकाशित: १५ पुस २०७५ १८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App