१६ चैत्र २०८० शुक्रबार
खेल

अन्तर्राष्ट्रिय विजेता खेलाडी सम्मानित

भारतमा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगितामा पदक जितेर सम्मानित भएका खेलाडी। तस्बिर : टंक/नागरिक

सर्लाही – भारतमा सम्पन्न दक्षिण एसियाली क्योकुसिन बुदोकाई करातेमा पदक जित्ने सर्लाहीका तीन खेलाडीलाई शुक्रबार सम्मान गरिएको छ। नेपाल क्योकुसिन बुदोकाइ कराते संघ सर्लाहीले एक कार्यक्रमको आयोजनामार्फत तीन खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो।

गत पुस ८ गते भारतको कोलकातामा सम्पन्न प्रतियोगितामा पुरुष ५५ किलोतर्फ स्वर्ण पदक विजेता विश्व स्याङतान, पुरुष ७५ किलोमाथि कांस्य पदक विजेता शक्ति साह र महिला खुलातर्फ कांस्य पदक हात पार्ने निशा घलान सम्मानि भए।

लालबन्दी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष खिलराज सुस्लिङ एवं सर्लाही क्षेत्र नं. १ (ख) का सांसद बेची लुङ्गेलीले खेलाडी सम्मानित गरेका हुन्। सम्मानित हुने खेलाडीलाई प्रदेशसभा सदस्य लुङ्गेलीले आर्थिक सहयोगसमेत गरेकी छन्। पदक जितेर अन्तर्राष्ट्रिय स्तरमा देशकै नाम उँचो बनाएको भन्दै जिल्ला निवासी ३ खेलाडीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १४ पुस २०७५ ००:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App