८ वैशाख २०८१ शनिबार
खेल

पाकिस्तानका हसिसको दोहोरो जित

पोखरामा मंगलबार एकलतर्फ प्रतिश्पर्धा गर्दै अजा रेग्मी। तस्बिरः उमेश/नागरिक

पोखरा – पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा मंगलबार पाकिस्तानी खेलाडी हसिस कुमारले विजयी सुरुआत गरेका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा चलिरहेको प्रतियोगिताअन्तर्गत मंगलबार पोखरा रंगशालामा भएको खेलमा पुरुष एकलतर्फ हसिसले नेपालका सफल श्रेष्ठलाई ६–१, ६–२ को सहज सेटमा पराजित गरे।

मंगलबार नै भएको अर्को खेलमा नेपालका अकि जुवेन रावतले सौगात विकलाई ६–२, ६–२ ले पराजित गर्दा आरभ हाडाले राजवीर प्रधानलाई ६–१, ६–० ले पराजित गरे। प्रितम परियारले प्रणव मानन्धरलाई २–६, ६–४ र ७–५ को कठिन सेटमा पराजित गर्दा नेपालका इभ्याक जोशीले भारतका हरिशरण भास्करणलाई रिटायर्ड हर्टमा तथा पवनकुमार शर्माले ईशान गुरुङलाई पराजित गरे।

त्यस्तै महिलातर्फ सर्भानी श्रेष्ठले इभा अधिकारीलाई ६–०, ६–० ले पराजित गरिन्। सुभांगीलक्ष्मी शाहले भारतकी मिली चगलाई ७–६(०), ७–६ (४) मा हराइन्। भारतकै प्रियांसी चौहानले नेपालकी प्रकृति शर्मालाई ६–१, ७–५ मा पराजित गर्दा अजा रेग्मीले ईशाश्री शाहलाई ६–०, ४–६ र ६–१ को कठिन सेटमा हराइन्। रोमिका बुद्धाचार्यले शृष्टिका उदासलाई ४–१ र ६–२ मा हराउँदा शृष्टि राईले श्रीया भट्टराईलाई ४–२ र ४–१ मा पराजित गरिन्।

डबल्सतर्फ आरभ हाडा र प्रणव मानन्धरको जोडीले सौगात विक र ईशान गुरुङको जोडीलाई ६–२ र ६–१ मा पराजित गरेका छन्। इभ्याक जोशी र अचिन्त्या बर्माको जोडीले श्रीयोग अधिकारी र श्रीयास पौडेललाई ६–१, ६–३ मा पराजित गरे। त्यस्तै हरिशरण भाष्करण र चिराग तिमिल्सीनाको जोडीले श्लोककैशर खड्का र पवन केल्करको जोडीलाई ७–३, ७–५ को अन्तरमा पराजित गरे। पाकिस्तानका हसिस कुमार र नेपालका अकि जुवेनको जोडीले नेपालका आयुष्मानहजुर घले र प्रितमको जोडीलाई ६–१, ६–१ पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो।

महिलातर्फको डबल्समा ईशाश्री सार र सर्भानी श्रेष्ठको जोडीले इभा अधिकारी र आध्या पौडेलको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेको छ। प्रियांसी चौहान र शुभांगीलक्ष्मी शाहको जोडीले निमिशा ढकाल र आइशा डोल्कर गुरुङलाई ६–१, ६–२ को सेटमा पराजित गरेको छ।

प्रकाशित: ११ मंसिर २०७५ २३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App