७ वैशाख २०८१ शुक्रबार
खेल

भारत र अष्ट्रेलियाबीचकाे टी-२० श्रृंखला बराबरीमा टुंगियाे

काठमाडाैं - भारत र अष्ट्रेलियाबीचको टी–२० श्रृङ्खला एक एकको बराबरीमा सकिएको छ। तीन खेलको श्रृङ्खलामा एक खेल घरेलु टोली अष्ट्रेलियाले जितेको छ भने एक खेल भारतले जित्यो। एक खेल भने वर्षाले प्रभावित भएको थियो।

श्रृङ्खला अन्तर्गत पहिलो टी–२० खेल अष्ट्रेलियाले ४ रनले जितेको थियो भने दोस्राे खेल वर्षाका कारण हुन सकेन। टस हारेर पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल अगाडी बढ्न नसक्दा दोस्राे टी–२० खेल रद्द भएको थियो। आइतबार भएको अन्तिम तथा तेस्राे खेलमा भारत ६ विकेटले विजयी भएपछि श्रृङ्खला एक एकको बराबरीमा सकिएको हो।

आइतबार सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले भारतलाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको थियो। पहिलो जितको खोजिमा रहेको भारतले उक्त लक्ष्य खेल सकिन २ बल बाँकी रहँदा ४ विकेट गुमाएर पुरा गर्यो। अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमायर १ सय ६४ रन बनाएको थियो। अष्ट्रेलियाका डिआर्सी सर्टले सर्वाधिक ३३ तथा कप्तान आरोन फिन्चले २८ रन जोडे। भारतका क्रुनाल पाण्डेले ४ विकेट लिए।

१ सय ६५ रनको विजयी  लक्ष्य पछ्याएको भारतले १९ दशमलव ४ ओभरमा ४ विकेट गुमायर लक्ष्य पुरा गर्यो। भारतका लागि कप्तान विराट कोहलीले अविजीत ६१ तथा शिखर धवनले ४१ रन बनाए। अष्ट्रेलियाका एडम जाम्पा, ग्लेन म्याक्सवेल, एन्ड्रियु टाइ, मिचेल स्टार्कले समान एक एक विकेट लिए।

 

प्रकाशित: ९ मंसिर २०७५ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App