८ वैशाख २०८१ शनिबार
खेल

पोर्चुगल पोल्याण्डसँग बराबरीमा रोकियो

काठमाडौं – पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोर्चुगलले १–० को अग्रता जोगाउन सकेन।

यसअघिनै सेमिफाइनलमा पुगिसकेको पोर्चुगलका लागि ३४ औं मिनेटमा रेनाटो सान्चेजको पासलाई सदुपयोग गर्दै आन्द्रे सिल्भाले गोल गरेका थिए। तर दोस्रो हाफ पोर्चुगलका लागि सुखद रहेन।

६३ औं मिनेटमा पोर्चुगल १० खेलाडीमा समेटिन पुग्यो। आर्काडीसुज मिलिकलाई गम्भीर फउल गरेपछि पोर्चुगलका डानिलो पिरिराले सिधै रातो कार्ड पाउँदा पोल्याण्डले पेनाल्टीको अवसर पाएको थियो। जसलाई मिलिकले नै गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि निर्धारित र इन्जुरी समयमा कुनै गोल भएन र दुवै टोलीले अंक बाडे। पोल्याण्डविरुद्धको खेलमा पनि स्ट्राइकर रोनाल्डो मैदान उत्रिएनन्। रोनाल्डो पछिल्लो केही खेलमा पोर्चुगलको टिममा छैनन्। बराबरीसँगै पोर्चुगलले लिग ‘ए थ्री’ बाट ४ खेलबाट ८ अंक जोडेको छ।

२ अंक जोडेको पोल्याण्ड भने रेलिगेसनमा परेको छ। अन्य खेलमा स्विडेनले रसियालाई २–०, स्कटल्याण्डले इजरायललाई ३–२, कोसोभोले अजरबैजानलाई ४–०, सर्बियाले लिथुआनियालाई ४–१ र रोमानियाले मन्टेनेग्रोलाई १–० ले पराजित गरे।

प्रकाशित: ५ मंसिर २०७५ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App